चिनियाँ पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

चीनले अमेरिकी अधिकारीहरूलाई तिब्बतमा जान रोक लगाएपछि अमेरिकामा आक्रामक भएको छ। अमेरिकाले चीनका केही पदाधिकारीलाई भिषामा प्रतिबन्ध लगाएको छ। 

अमेरिकी विदेश मन्त्ती माइकल पोम्पियोले यसको जानकारी दिँदै भने, ‘हामीले तिब्बतको लागि लागु गरेको विशेष अमेरिकी कानुन अन्तर्गत प्रतिबन्ध  लगाउने निर्णय गरेका हौं।’

उनले ट्वीटमार्फत यसको जानकारी दिएका छन्। र, भनेका छन्, ‘आज मैले पिपुल्स रिपब्लिक अफ चाईना (पीआरसी) का अधिकारीको भिषा प्रतिबन्धको घोषणा गरेको छुँ। यिनीहरू अन्य देशका मानिसलाई तिब्बत प्रवेश गर्न प्रतिबन्ध लगाउने अभियानमा सक्रिय थिए।’

पोम्पियोका अनुसार चीनले अमेरिकी कुटनीतिज्ञ, अधिकारी, पत्रकार र पर्यटकलाई तिब्बत स्वसाषित क्षेत्र (टीएआर) र चीनको अन्य क्षेत्र जानबाट रोकिरहेको छ। अमेरिकामा भने चिनियाँ अधिकारीहरूलाई कुनै पनि ठाउँमा जान रोक छैन। 

उनले भने, ‘चिनियाँ पदाधिकारीहरू तिब्बतमा अन्य देशको मानिसलाई प्रवेश गर्न दिने वा नदिने भन्ने नीति बनाउँछन् र यसलाई लागु गर्छन। यस्तो ठाउँमा मानवाधिकारको हनन भएको छ। 

पोम्पियोले अमेरिका तिब्बतीहरूको मानवाधिकारको उच्च सम्मान गर्ने बताए। ‘तिब्बतको धार्मिक, सांस्कृति, भाषा र पहिचान जोगाउनु जरुरी छ। चीनले अमेरिकीलाई तिब्बत तथा चीनको सबै ठाउँमा पुग्ने वातावरण बनाओस् भन्ने हाम्रो चाहना छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2020-07-08 15:03:43

प्रतिकृया दिनुहोस्