पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धुम्बाराहीमा धर्ना

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय नेता र कार्यकर्ताले पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धर्ना बसेका छन्।

केन्द्रीय सदस्यहरुको अगुवाईमा नेता र कार्यकर्ताले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका हुन्।

उनीहरुले ‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ भन्ने नारा लेखेको प्लेकार्ड पनि बोकेका छन्। 

यसअघि ५ दिनअघि पनि केन्द्रीय नेताको अगुवाईमा पार्टी कार्यालयमा धर्ना दिएका थिए। 

प्रकाशित मिति: : 2020-07-08 14:57:03

प्रतिकृया दिनुहोस्