पछिल्लो २४ घण्टामा आइतबार थप १९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।
जसमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५ सय ४७ जना अर्थात ४१.५ प्रतिशत बिरामीहरू रोगमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
९ हजार २ सय ३ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन्। देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ।
महोत्तरी, रौतहट, पाल्पा , अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी मानिसहरू कोरोना संक्रमित भइ उपचारत छन्।