जापानमा भीषण बर्षा, केयर हाेम बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

जापान लगातारको बर्षाका कारण बाढी तथा पहिरो जाँदा कम्तिमा १५ जनाको ज्यान गएकाे आशंका गरिएको छ। अरु ९ जना बेपत्ता छन्।

दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमाको केयर होमलाई बाढी तथा पहिरोले क्षति गरेको हो।

बाढीले डुबेको एउटै केयर होमबाट १४ जनाको शव निकालिएको त्यहाँकाे स्थानिय अधिकारीहरुले जनाएका छन्। यस्तै अरुहरुलाई भने पहिरोले बगाएको हो। मृत्युको औपचारिक घोषणा भने हुन बाँकी छ।

स्थानीय अधिकारीहरुका अनुसार उक्त केयर हाेममा पाको उमेरका व्यक्तिहरु बसाेबास गर्थे।

अहिले क्युशु क्षेत्रबाट दुई लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लैजान थालिएकाे छ। उद्धारकर्मीलाई सहयोग गर्नका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन्।

जापानमा आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविद्ले बताएका छन्। प्रधानमन्त्री शिन्जो आबेले मानिसहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2020-07-05 08:12:45

प्रतिकृया दिनुहोस्