तीनदिन अघि इनारमा खसेका युवाको शव निकालियो

दाङको शान्तिनगर गाउँपालिका-६ स्थित साथीको घरमा आएको बेला इनारमा खसेको एक युवाको मृत शरीर प्रहरीले तीन दिनपछि बाहिर निकालेको छ।

अछाम रामारोसन गाउँपालिका ३ घर भइ कैलाली टिकापुर नगरपालिका १२ मा बस्दै आएका ३६ वर्षिय सुरज शाहको शवलाई सशस्त्र प्रहरीले बिहिबार इनारबाट निकालेको हो।

सशस्त्र प्रहरीको प्रदेश स्तरीय गोताखोर टोलीले उद्दार गरि साहको शव बाहिर निकालेको हो।

स्थानीयका अनुसार साथी विश्व आचार्यको दाङस्थित घरमा आएको बेला सोमबार राति १० बजेर २३ मिनेटमा ५० फिट गहिरो इनारमा फसेका थिए।

प्रकाशित मिति: : 2020-07-02 14:58:25

प्रतिकृया दिनुहोस्