रासस
कोरोना जोखिम हुन नदिन बन्दाबन्दी जारी छ । पोखरा–२४ फेवातालको सिरान फेवाफाँटका किसानलाई खेत जोत्न र धान रोप्न भ्याइनभ्याइ छ । जेठको दोस्रो सातादेखि नै सो फाँटमा धान रोप्ने चटारो शुरु हुन्छ ।
स्थानीय किसान मनहरि तिमिल्सिना भन्छन्, 'कास्कीमा सबैभन्दा पहिला धान रोपिने ठाउँ नै फेवाफाँट हो । जेठ १० देखि शुरु हुन्छ, त्यसपछि शिशुवा फाँटमा धान रोपिन्छ, वर्षा हुँदाबित्तिकै खेत रोप्न शुरु हुन्छ', उनका अनुसार सो फाँट जग्गाको स्वामित्व भएका स्थानीय कृषक जम्मा २५ प्रतिशत छन् । अरु अँधिया रोपिने गरिन्छ ।
अर्का कृषक धनश्याम देवकोटाले पाँच हलको खेतबाट ५० मुरी धान उत्पादन गर्ने जानकारी दिए । 'मेरो दुई हलको खेत हो, तीन हलको अँधिया कमाउने गरेको छु, २२ वर्षदेखि अँधिया खेत रोप्दै आएको छु', उनले रासायनिक मलका कारण ‘जेठोबूढो’ धान पहिलाजस्तो मगमग बसाउन छाडेको बताए।
सोफाँटको जग्गा बाँझो हुँदैन । पानी भरिरहने केही गह्रामा धान रोपिँदैन । सिमसार क्षेत्रमा हुने सिमचरीले धान खाने समस्या पनि छ । फाँटमा रोपाहारा, बाउसे र हलीहरुसँगै आधुनिक कृषि प्रणालीअन्तर्गत केही खेतहरुमा ट्र्याक्टरको प्रयोग पनि हुने गरेको छ । किसानले जेठोबूढो चामल पाथीको रु ६०० मा बेच्ने गरेका छन् भने रु चारदेखि पाँच हजार मुरीको बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा पनि पुग्ने गर्दछ ।
कास्की जिल्लाको धान उत्पादन तथा वितरण विषयमा शोधपत्र तयार गरेका अनुसन्धानकर्ता भानु पराजुलीका अनुसार फेवाफाँटको करिब ६०० हेक्टर जमिनमा २१ मेट्रिक टन धान उत्पादन हुन्छ । पछिल्लो समय तालक्षेत्र केही बढेको छ । यो फाँट अधिकांश पोखरा क्षेत्रका व्यवसायीको जमिन छ भने करिब २५ प्रतिशत मात्रै स्थानीयवासीको रहेको उनले जानकारी दिए ।
उनले पोखरा महानगरमा ११ हजार २०० हेक्टरमा धानखेती हुने, उत्पादन करिब ३९ हजार २०० टन मात्र हुने र त्यसमा पनि खानयोग्य भनेको २० हजार टन मात्र रहेको बताए । पोखराको स्थायी जनसङ्ख्या करिब पाँच लाख र अस्थायीसमेत गरी १५ लाख जनसङ्ख्या रहेको अनुमान छ । अहिलेको सो जनसङ्ख्यालाई आँकलन गर्दा प्रतिवर्ष एक लाख टनभन्दा बढी धान उत्पादन हुनुपर्ने उनको भनाइ छ । पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङ हुँदै घर बन्न थाले पनि धान उत्पादन घट्दै गएको उनी बताउछन् ।
महानगरपालिकाभित्र कूल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबूढो धान रोपाइँ हुने गरेको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया