बाँकेमा भयानक सवारी दुर्घटनामा भारतबाट आएका १२ को मृत्यु,  २१ घाइते (अपडेट)

प्रदेश पाँच अन्तर्गत बाँके जिल्लामा भारतबाट आएका नागरिकलाई नेपालगञ्जस्थित नाकाबाट उद्धार गरि दाङतर्फ लैजादै गरेको गाडी दुर्घटनामा पर्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा परि घाइते भएका अरू २१ जनाको उपचार भइरहेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान गएराति ठोक्किएर दुर्घटना भएको थियो।

फोर्स गाडीमा चालक समेत गरि गाडीमा ३३ जना सवार थिए। आइतबार राति करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा उक्त दुर्द्धटना भएको हो।

दुर्घटनाका घाइतेको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै राति नै सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरी राति घटनास्थल पुगेको थियो।

उक्त टोलीले मृतक र घाइतेहरुलाई राति अबेर करिब २ बजे नेपालञ्जस्थित भेरी अस्पतालमा ल्याईपुर्‍याइएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।

मृत्यु हुनेमा ११ पुरुष र १ महिला छन्। अहिले बाँकी २० पुरूष  र १ महिलाको भेरी अस्पतालमा उपचार भइरहेको छ। ३ जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ।

 घटनाको विस्तृत जानकारी आउन बाँकि छ।

प्रकाशित मिति: : 2020-06-01 07:23:22

प्रतिकृया दिनुहोस्