कृष्णहरि बाँस्कोटा
नेपालको अहिलेको मख्य समस्या भनेकै बेरोजगारी हो। हाल करिब ४५ लाख युवा वाह्य रोजगारीमा छन्। जस्को कारण, कयौँ गाउँहरु युवाविहीन भएका छन्। तर, ती युवा कोभिड-१९ का कारण स्वदेश फर्किँदैछन्। करिब ६ लाख छिट्टै फर्किने विभिन्न अध्ययनले देखाएको छ। प्रत्येक वर्ष नेपाली श्रम बजारमा ४ देखि ५ लाख जनशक्ति थपिने गर्छ।
हाल कोरोनाका कारण आर्थिक क्रियाकलापहरु ठप्प प्राय भएकाले बेरोजगारी समस्या अझ उत्कर्षमा पुग्ने अनुमान छ। हालको अनुमानका आधारमा करिब ५ लाखले रोजगारी गुमाइ सकेका छन्। नेपाल श्रमशक्ति सर्वे, २०१७ का अनुसार नेपालमा १० लाख मानिस बेरोजगार छन्। यसरी हेर्दा वर्तमान अवस्थामा सरकारले करिब २६ लाख बेरोजगारको व्यबस्थापन गर्नुपर्ने देखिन्छ।