नेपालमा कुनै तानाशाहको उदय हुँदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुनै पनि तानाशाहको उदय नहुने बताएका छन्। 

मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो सरकार तानाशाह प्रवृिको भएको आरोप लगाएको भन्दै उक्त कुराको खण्डन गरेका हुन्।

उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन। कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ। अब नेपालमा अधिनायकवादको सम्भावना छैन।’

यस्तै उनले आफ्नो सरकारले चल्तेचलाते लोकतन्त्र नभई जनताको जनताको जीवन उकास्ने लोकतन्त्र खोजेको बताए।

‘हाम्रा सडक बालबालिका फोहोरमा कुकुरसँगै लड्दै खानेकुरा खोजिरहेका छन्। हाम्रा वृद्धवृद्धाको सहारा छैन भने त्यस्तो लोकतन्त्रको के काम?,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसैले यो सरकार बनेको दुई वर्षमै सडक बालबालिकामुक्त बनाएको छ।’

उनले आफूहरूले जनताका लागि जनताको परिपूर्ण लोकतन्त्र ल्याउन खोजेको बताए।

‘जुन देशले लोकतन्त्र, लोकतन्त्र भन्छन् तर गरिबको कुनै घर हुँदैन भने त्यस्ता देशले सरम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

यस्तै उनले सरकारले जनतासँग कुनै छलछामको व्यावहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको बताए। 

उनले कतिपयले कारोनापछि प्याकेजको कुरा गरेको भन्दै प्याकेज देखाउने कुरा नभएको भन्दै त्यो व्यहारमा लागु हुनेगरी हुनुपर्ने बताए। 

‘प्याकेज देखाउने होइन। हामी जहाँ छौ जस्तो अवस्थामा छौ। आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुदैन। प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं ’, प्रधानमनत्रीको जवाफ छ।

त्यस्तै उनले गरिवलाई सहारा दिने कोही छैन र काम पनि गर्न सक्दैन भने त्यस्तो मानिससँग श्रमको अपेक्षा गर्न सक्दैन त्यस्तालाई सरकारले सोचिरहेको बताए।

प्रकाशित मिति: : 2020-05-19 13:23:56

प्रतिकृया दिनुहोस्