कोहलपुरमा मोदी र ओलीको पुत्ला दहन

बाँकेको कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ।

भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार विरोध प्रदर्शन गरेको हो। नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा सोमबार साँझ कोहलपुरमा दुवै देशका प्रधानमन्त्री मोदी र ओलीको पुत्ला जलाउनुका साथै नाराबाजी गरेका हुन्।

भारतीय विस्तारवादको नाङ्गो हस्तक्षेपका विरुद्व विरोध जनाइएको नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका सभापति राम प्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार सिमामा  भारतले  बारम्बार नेपाली भूमि अतिक्रमण गर्दै आए पनि सरकारले केही ठोस कदम चाल्न सकेको छैन ।

केही समयअघि भारतले नेपाली भूमि लिपुलेकमा मानसरोवर जोड्ने सडक निर्माण गरि नेपालको सिमा अतिक्रमण गरेको थियो। ‘नेपाली स्वाभिमान माथि भारतले गरेको प्रहारका विरुद्ध एकजुट हुनुपर्छ। देशभक्त नेपाली एक भएर लाग्नुपर्ने बेला भएको छ। सरकारले पनि यसको दीर्घकालीन समाधान खाज्नुपर्छ,’ उनले भने।

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको बेला भारतले एकतर्फी रूपमा मानसरोवर जाने सडक निर्माण गर्ने कार्य गरेको भन्दै देशभरी भारतका विरुद्व विरोध भइरहेको छ ।

प्रकाशित मिति: : 2020-05-11 20:47:32

प्रतिकृया दिनुहोस्