साइप्रसमा रहेका नेपालीप्रति प्रधानमन्त्री ओलीकाे चासो

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसमा रहेका नेपालीकाे अवस्थाप्रति चासो व्यक्त गरेका छन्। 

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो राष्ट्रपति निकोस अनास्टासियड्ससँग टेलिफोनमार्फत् नेपालीको बारेमा जानकारी लिएका हुन्।

साइप्रसमा रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा चासो राखेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

‘राष्ट्रपति अनास्टासियड्ससँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका  विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा मैलेआफ्नो चासो राखें। उहाँले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो,’ उनले लेखेका छन्।

कोभिड–१९ को विश्वव्यापी संकटका बेला देशबाहिर रहेका नेपालीप्रति प्रधानन्त्री ओलीले चासो देखाउँदै आएका छन्।

उनले यसअघि नेपाली रहेका विश्वका अन्य देशका सरकार प्रमुखसँग पनि टेलिफोन वार्ता गरेका थिए।

प्रकाशित मिति: : 2020-04-22 17:42:42

प्रतिकृया दिनुहोस्