अर्जुन अधिकारी
कोरोना भारइस संक्रमितको उपचारका लागि सरकारले उपत्यकाका पाँच अस्पतालमा एक सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको छ । तर, प्रक्रिया पुर्याएर मापदण्डअनुसारका बेड सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने जानकारहरू बताउँछन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको ३ चैतमा बसेको बैठकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४०, वीर, पाटन, सशस्त्र र सेनाको अस्पतालमा तत्काल २०–२० आइसियू बेड थप्ने निर्णय गरेको थियो । त्यसको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले २० आइसियू बेड थप्न पाँच अस्पताललाई १२ करोड ५० लाखका दरले रकम उपलब्ध गराइसकेको छ ।
तर, सरकारले भनेजसरी तत्काल आइसियू बेड जडान गर्न भने सम्भव छैन । त्यसका लागि कम्तीमा पनि तीन महिना लाग्छ । नेपालमा आइसियूका सामग्री स्विट्जरल्यान्ड र भारतबाट आयात हुन्छ । आइसियूका उपकरण सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट अफिसर प्रवीण कुँवरका अनुसार अर्डर गरेपछि मात्रै कम्पनीले उपकरण तयार गर्छ । त्यसमा २१ देखि २५ दिनसम्म लाग्छ ।
भेन्टिलेटर, पोर्टेबल भेन्टिलेटर, पोर्टेबल एक्सरे, एयर मेट्रियल, कन्ट्रोल मनिटर सिस्टम, आइभी स्टेन्टजस्ता महŒवपूर्ण ५१ उपकरण एउटै कम्पनीमा पाइँदैनन् । छुट्टाछुट्टै कम्पनीमा अर्डर गर्नुपर्ने हुन्छ । यी उपकरण पनि अर्डर दिएको २० दिनसम्म तयार हुन्छन् । भन्सार प्रक्रिया पूरा गरेर सबै सामग्री नेपाल ल्याउन कम्तीमा पनि डेढ महिना बाटोको म्याद लाग्ने कुँवरले बताए । सबै उपकरण जोडेर आइसियू सञ्चालनमा ल्याउन दश दिनजति लाग्छ । डब्लुएचओको मापदण्डअनुसार आइसियू निर्माण गर्दा बाहिरको हावा भित्र र भित्रको हावा बाहिर पास हुनुहुँदैन । कीटाणुको संक्रमणबाट बच्न त्यहीअनुसारको झ्याल, ढोका, पर्दा आवश्यक पर्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया