'म कसैलाई टेर्दिनँ'

हजुरआमाका कथाः

तुलसा पराजुली। तस्बिरः तुलसाको पारिवारिक संकलन

हजुरआमाका कथाः

तुलसा पराजुली ९५ वर्ष भइन्। उनको बोलीको रवाफ र स्वास्थ्य हेर्ने हो भने उमेरले छक्याएको भान हुन्छ। १९८२ साल, वैशाखमा भोजपुरमा जन्मिएकी तुलसाका बुवाको नाम जगन्नाथ र आमाको नरमाया रिजाल हो।

उनको बिहे भोजपुरमै भएको थियो, १२ वर्षकी हुँदा। तुलसाका श्रीमान नयनानन्द पराजुली किसान थिए। उनकी पहिली पत्नीको मृत्यु भएको एक वर्षपछि तुलसासँग बिहे भएको रहेछ।

तुलसाको विवाहको एक वर्षपछि उनकी आमाको निधन भयो। उति बेला अर्को बिहे गर्ने चलन भए पनि बुवाले गरेनछन्।कारण खुलाउँदै भन्छिन्, 'बा बुढो भइसक्नुभएको थियो। दस सन्तानको बाबु, कसरी गर्नुहुन्छ बिहे? सन्तानको बिचल्ली हुन्थ्यो। गर्नु भएन।'

प्रकाशित मिति: : 2020-03-16 19:54:45

प्रतिकृया दिनुहोस्