नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा फेरि कंसाकारको 'इन्ट्री' !

कंसाकारविरुद्धको उजुरी अख्तियारमा अनुसन्धानकै क्रममा

रातोपाटी

काठमाडाैं

वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिबाट कारबाही सिफारिस भएका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको महाप्रबन्धक (जीएम) बन्न लबिङ सुरु गरेका छन् ।

कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिएपछि पूर्वमहाप्रबन्धक कंसाकारले फेरि पनि नेपाल वायुसेवा निगमको बागडोर सम्हाल्नका लागि शक्तिकेन्द्र धाउन थालेको स्रोतले बताएको छ । 

एयरबस कम्पनीको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक कंसाकार रहेको भन्दै उनलाई कारबाही गर्न सार्वजनिक लेखा समितिले सरकार र अख्तियारलाई निर्देशनसमेत दिएको थियो । 

सार्वजनिक लेखा समितिले २०७५ पुस ३० गते छानबिनको प्रतिवेदन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको र त्यसको मुख्य दोषी महाप्रबन्धक सुगतरत्न कंसाकार रहेको भन्दै कारबाही गर्न निर्देशनसमेत दिएको थियो । 
 

प्रकाशित मिति: : 2020-02-20 11:07:48

प्रतिकृया दिनुहोस्