प्रदेश सरकारले केन्द्रीत योजना ल्याउनुपर्छ : प्रदेश प्रमुख प्रसाईं

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारले जनताको आर्थिक समृद्धिसँग केन्द्रीत योजना ल्याउनुपर्ने बताएका छन्।

वाग्मती प्रदेशमा शनिबार भएको एक कार्यक्रमलाई उद्घाटन गर्दै उनले जनताको आर्थिक समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार अग्रसर हुनुपर्ने बताएका हुन्।

जनपक्षीय ऐन कानूनको तर्जुमा गरी भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउदैं उनले भने, 'सुशासन स्थापनाका लागि जिम्मेवार भएर कार्य गर्न प्रदेश सरकारलाई आग्रह गर्दछु।'

उक्त कार्यक्रममा प्रमुख प्रसाईले प्रदेशसभाको पहिलो–दोस्रो बैठकमा नियमित उपस्थित हुने प्रदेशसभा सदस्यलाई सम्मान गरेका थिए।

 

प्रकाशित मिति: : 2020-02-02 05:24:31

प्रतिकृया दिनुहोस्