जुम्लामा माटोको खानीमा पुरिएर सासूबुहारीको मृत्यु 

रातो माटोको खानीमा पुरिएर चन्दननाथ नगरपालिका–४ सिंहाचौरका सासूबुहारीको मृत्यु भएको छ। 

घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार  र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिँएर मृत्यु भएको डिएसपी लाल बहादुर धामीले जानकारी दिए।

उनीहरु दुबैको घटनास्थलमै मृत्य हो। यता खानी भासिँदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन्। 

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ।
 

प्रकाशित मिति: : 2020-01-28 05:23:29

प्रतिकृया दिनुहोस्