हिउँ पन्छाउन नाग्मा–गमगडी सडकमा डोजर

निरन्तरको हिमपातका कारण अबरुद्ध भएको नाग्मा–गमगडी सडक संचालनको लागि डोजर लागाएर हिउँ पन्छाउने काम भइरहेको छ। 

जुम्ला र मुगुको सिमाना घुच्ची लेकमा बाख्लो हिउँ जमेको छ। उक्त हिउँ डोजर लगाएर पन्छाउने कार्य बिगत ४ दिन देखि चलिरहेको सडक डिभिजन जुम्लाले जनाएको छ। 

हिउँ पन्छाउने काम सकिए लगत्तै सडक सञ्चालनमा आउनेछ। हाल नाग्म–गमगडी सडक खण्ड अन्तर्गत गोठी जिउलासम्म मात्र सुचारु रहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-28 04:18:19

प्रतिकृया दिनुहोस्