धनगढीबाट १६ जना जुवाडे पक्राउ

धनगढी उपमहानगरपालीका ३ मिलनचोकबाट १६ जना जुवाडेलाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा राती करिब १० बजे मिलन चोकका तिलक अधिकारीको घरमा छापामारी प्रहरीले जुवाडेलाई जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरेको छ। प्रहरीले ठूलो रकमसहित जुवातास भइरहेको भन्ने जानकारी पाएपछि घर घेरा हालेको थियो।

प्रहरीले राती १० देखि बिहान ३ बजेसम्म सो क्षेत्रमा अप्रेशन जारी राखेको थियो। उनीहरुलाई जुवातास ऐनअन्र्तगत कारवाही गरिने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-28 01:48:38

प्रतिकृया दिनुहोस्