सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून : स्वास्थ्यमन्त्री ढकाल

सुकुम्वासीलाई उनले भने,'जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ,नडराइकन बस्नुहोस्।'

फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सुकुम्वासी समस्या समाधानका लागि भूमिसम्बन्धी कानून बनेको बताएका छन्। 

शुक्लाफाँटा नगरपालिका–४ असैना स्वास्थ्यचौकीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले अधिकार सम्पन्न आयोग बनाएर जनताका हातमा जग्गाधनी पूर्जा उपलब्ध गराउने बताएका हुन्।

 सुकुम्वासीलाई उनले भने,'जुन ठाउँमा वर्षौंदेखि बस्नुभएको छ,नडराइकन बस्नुहोस्।' स्वास्थ्य क्षेत्रको प्रसंग निकाल्दै उनले भने, 'एउटै  औजारमा करोडौँ कमिसन खाने कार्यले स्वाथ्य क्षेत्र बन्दैन।'

सरकारबाट औजार, भवन, चिकित्सक र औषधिलगायत चाहिएमा सो पुरा गर्न आफु तयार रहेको उनको भनाई छ। नयाँ संविधान बनेपछिको निर्वाचित सरकारले २४२  नयाँ कानून बनाएको बताउँदै मन्त्री ढकालले महिलाका लागि अंशवंशको कानून बनाइएको जानकारी दिए।

'त्यसलाई व्यवस्थित गरिने, दलित समुदायका लागि जग्गा दिने कुरा कानूनमै उल्लेख गरिएको छ।' उनले भने। अपराधी पत्ता नलाग्दासम्म क्षतिपूर्ति पाउनेसम्मको कानून निर्माण गरिएको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-01-23 05:34:24

प्रतिकृया दिनुहोस्