उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना बेहोस भएका छन्।
मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ जना भारतीय मध्य एक जना मृत्य फेला परेकाे हाे।
‘एक जनाको मृत्यु भइसकेको छ। ७ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ,’ प्रहरी निरीक्षक कुर्मीले बताए।
बेहोस भएका ३ पुरुष र ४ महिलालाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पठाइएको उनले जानकारी दिए।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए। तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए। दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई बिहान बेहोस अवस्थामा फेला पारिएको हो। उनीहरू भारतको केरला प्रदेशका भएको बुझिएको छ।
चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ। कोठमा भेन्टिलेटर नहुँदा उनीहरु बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ। यद्यपि, यसको पुष्टि हुन बाँकी छ।