पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले भनिन् -'नेपाल सबै जातको साझा फूलबारी हो'

नेपाल सबै जातको साझा फूलबारी

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धासुमन व्यक्त गरेकी छिन्।

आइतबार सन्देश जारी गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

'नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ,' जारी गरिएको सन्देशमा भनिएको छ, 'नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ।'

पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु गरिएको एकीकरण अभियान सफल भएको बताउदै राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने राष्ट्रपति भण्डारीले बताइन्। 

प्रकाशित मिति: : 2020-01-13 01:02:52

प्रतिकृया दिनुहोस्