कोदालोको पासोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

खोटाङ प्रहरीले आफ्नै श्रीमानको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

रेनुकाले घरायसी विवादको क्रममा ५१ वर्षीय श्रीमान  पाँचकर्ण राईमाथि कोदालोको पासो प्रहार गरेकी थिइन्। आक्रमणबाट गम्भीर घाइते  गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2025-05-11 15:46:00

प्रतिकृया दिनुहोस्