राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली शुक्रबार

आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम सम्पन्न भएको छ।  

उम्मेदवारले नाम फिर्ता लिने समय आज बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकामा मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।  

भोलि पुस २५ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ।

संविधानको धारा ८६ ९३ं० बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ। स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन्।

प्रकाशित मिति: : 2020-01-10 12:14:08

प्रतिकृया दिनुहोस्