फोर जी घोटलामा मेरो कुनै संलग्नता छैन: सञ्चारमन्त्री बाँस्कोटा

'फोर जी’ विस्तारमा कूल १९ अर्ब खर्च गरिने योजना बनाइएकाे छ,' उनले भने–‘तर सामाजिक सञ्जालमा २४ अर्ब घोटाला गर्यो भनेर ठूलो भूडी बनाएर ट्रोल गरेका छन्।' 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको फोर जी घोटलामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

काठमाडौंको अन्नपूर्ण होटलमा बुधबार नेपाली संस्करणकाे बिएल मिडिया प्रालिले शुभारम्भ गरेको `ब्राण्ड स्टोरी’ को शुभारम्भ गर्दै उनले  कुनै पनि घोटलामा आफ्नो संलग्नता नरहेको जिकिर गरे। 

'फोर जी’ विस्तारमा कूल १९ अर्ब खर्च गरिने योजना बनाइएकाे छ,' उनले भने–‘तर सामाजिक सञ्जालमा २४ अर्ब घोटाला गर्यो भनेर ठूलो भूडी बनाएर ट्रोल गरेका छन्।' 

बजेटभन्दा ५ अर्ब घोटाला गर्यो भनेर गरिएको प्रचार असत्य भएको उनकाे भनाई थियाे। 

'मैले फोर जी विस्तारबाट पैसा लिए भनेर कतिपय मिडियाले लेख्नु भएको छ। तर मलाई कसले दियो त्यतिका धेरै रकम। अहिलेसम्म कसैले लेख्नु भएको छैन। घोटला भयो भनेर लेख्नेले त कति खायो भनेर पनि त लेख्नु पर्यो नि,' उनकाे प्रश्न थियाे। 

उनले कञ्चनपुरमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको घटनालाई जोडेर पनि मिडियाले गलत प्रचारप्रसार गरेको भन्दै असन्तुष्टी प्रकट गरे। 'अहिले तथ्यभन्दा फरक समाचार लेख्ने मिडिया धेरै छन्,' उनले भने, 'मिडियाले त सहि र सत्य कुराको प्रचार गर्नु पर्यो नि।' 

उनले गलत तरिकाबाट आफ्नो प्रचार गरिएको भन्दै आफूले कम बोल्ने गरेको समेत बताए। 'म हिजोआज सबै कार्यक्रममा कम बोल्छु। बढी बोल्यो भने एक कुरालाइ अन्य कुरासँग जाेडेर समाचार लेख्ने गर्छन्,' उनले भने।

प्रकाशित मिति: : 2020-01-09 03:55:06

प्रतिकृया दिनुहोस्