वेष्ट इन्डिजको अग्नि परीक्षा, न्युजिल्यान्डसँग भिड्दै

Agency

२० वर्षदेखि किवी टिमलाई विश्व कपमा पराजित गर्न नसकेको वेष्ट इन्डिज शनिवार पुरानो बदला लिन मैदानमा उत्रिँदैछ।

विश्व कपअन्तर्गत आज दुई वटा खेल हुँदैछ। भारतले जहाँ अफगानिस्तानसँग आज खेल्दैछ। वेष्ट इन्डिज पनि प्रतियोगिताको बलियो न्युजिल्यान्डसँग भिड्दैछ।

न्युजिल्यान्ड ५ मध्ये ४ खेल जितेर ९ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ। आज वेष्ट इन्डिजलाई पराजित गरेको खण्डमा किवी टोली डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ।

वेष्ट इन्डिजले ५ मध्ये १ खेल मात्र जितेको छ। क्यारेबियन टोली अंक तालिकाको सातौ स्थानमा छ। आज पराजित भएको खण्डमा दुई पल्टको च्याम्पियन प्रतियोगिताबाट लगभग बाहिरिने छ।

दुवै टिम विश्व कपमा आठ पल्ट भिडिसकेका छन्। वेष्ट इन्डिजले जहाँ ३ पल्ट जित निकालेको छ, त्यही ४ पल्ट न्युजिल्यान्ड विजयी भएको छ। वेष्ट इन्डिजले सन् १९९९ मा साउथहाम्पटनमा पछिल्लो पल्ट किवी टिमलाई हराएको थियो। त्यतिबेला क्यारेबियन टिम ९ विकेटले विजयी भएको थियो।

अहिलेसम्म एकदिवसीयमा दुवै टिम ६४ पल्ट भिडेका छन्। जसमा वेष्ट इन्डिजले ३० र न्युजिल्यान्डले २७ पल्ट जित सम्भव पारेका छन्। ७ खेलको नतिजा निस्किएको छैन।

प्रकाशित मिति: : 2019-06-22 11:51:06

प्रतिकृया दिनुहोस्