बंगलादेशलाई ३ सय ८२ रनको चुनौती, वार्नरको सतक

Agency

डेभिड वार्नरको सतकीय इनिङको सहयोगले बंगलादेशविरूद्ध अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३ सय ८१ रनको पहाड जत्रो स्कोर खडा गरेको छ।

वार्नरले कप्तान एरोन फिन्चसँग मिलेर पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्काको सहयोगले १ सय ६६ रन बनाएका थिए। उनको एकदिवसीयमा १६ औं सतक हो।

फिन्चले २ छक्का र ५ चौकाको सहयोगले ५३ रन बनाए।

अघिल्लो खेलहरूमा फल्प भएका उस्मान ख्वाजाले ७२ बलमा ८९ रन बनाए। वार्नरले उनीसँग मिलेर दोस्रो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए।

उनी सतकबाट ११ रनले चुके। ग्लेन मेक्सवेलले रन आउट हुनुअघि १० बलमा ३ छक्का र २ चौकाको सहयोगल ३२ रन बनाए।

बंगलादेशका लागि सौमया सरकारले ३ विकेट लिए।

प्रकाशित मिति: : 2019-06-20 19:31:36

प्रतिकृया दिनुहोस्