अपाङ्गता सम्बन्धि काम गर्ने सघं संस्थाले जतिनै समानताको नारा लगाए पनि अझै दृष्टिविहीनलाई हेरिने आम नजर परिवर्तन भएको छैन। बाटोमा हिड्दा होस् वा स्कुल, क्याम्पस जाँदा नै किन नहोस् कहिँ न कहिँ, केही न केही फरक व्यवहार गरिएकै हुन्छ। यो भोगिदै आएको हो। दिन फेरिएसँगै पात्र फेरिन्छन्। त्यो सँगै मानिसका चाहनाहरु फेरिए। तर, दृष्टिविहीन र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिप्रति हेरिने नजर फेरिएको छैन।
दृष्टिविहीनहरु कक्षा कोठामा पढ्न जाँदा आँखा देख्ने अर्थात साङ्ग साथीले कक्षामा लगिदिन्छन्। तर, दृष्टिविहीनसँगै एउटै बेन्चमा बसेर पढ्न रूचाउँदैनन्। बाहिरी नजर अन्धकार भए पनि हामीजस्ता दृष्टिविहीनहरुको भित्रि मन उज्यालो छ। आँखा नदेख्नेको पनि मन त हुन्छ नि! एउटै बेन्चमा अरू साथीसँगै बसेर भलाकुसारी गर्दै पढ्ने रहर हुन्छ। कति रहरहरुको हत्या गर्दै जाने? प्रश्न आफैसँग हो। समाजसँग के प्रश्न गर्नु, नजवाफ दिन्छ, न नजर नै फेर्छ।
सतहमा हेर्दा यी निकै साना कुरा हुन। तर यीनै साना कुराले पनि कहिले काहीँ नराम्रोसँग मन दुखाइदिन्छ। र चिच्याएर भन्न मन लाग्छ ‘ए मानिसहरु जम्मा पाँच मिनेट मात्र आँखा नदेख्नेको अभिनय गरेर त हेर!!’
भो छोडौं यी असन्तुष्टिका कुरा। अब विषयवस्तु तिरै लागौं।
सौगात वाग्ले जन्मजात दृष्टिविहीन् हुन्। काठमाडौंको चप्पल कारखाना स्थित नेशनल क्याम्पसमा ब्याच्लर इन डेब्लभमेन्ट फाइनान्स् पढिरहेका छन्। वाग्ले ‘मिस्टर ब्लाइन्ड २०७६’ हुन्। उनले नयाँ बानेश्वरको नोबेल एकेडेमी स्कुलबाट ए ग्रेडमा उच्च माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए। उनलाई नेसनल क्याम्पसले छात्रवृत्तिमा पढाइरहेको छ।
दृष्टिविहीनहरुमा उत्प्रेरणा र आत्मविश्वास जगाउनको लागि राजधानीमा गत असोजमा ‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर –२०१९’ आयोजना गरिएको थियो। सो प्रतियोगिताको विजेता रहेका वाग्लेले आफूलाई साङ्गसरह हरेक क्षेत्रमा अब्बल भएको प्रमाणित गरिसकेका छन्।
उनले देशभरबाट छानिएको ४१ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका थिए। स्पष्ट र मिठो वक्तासमेत रहेका वाग्लेले बिएल नेपाली सेवासँग कुरा गर्दै आफूलाई साहित्यमा रुची रहेको बताए। वाग्लेलाई खेलकुदमा क्रिकेट मनपर्ने खेल हो। नवलपुर, देवचुली घर भएका उनको घरमा हजुरआमा, आमा बुवा र एक दिदी अनि एक भाइ छन्।
उनका भाइ पनि उनी दृष्टिविहीन हुन्। मध्यम वर्गीय परिवारका वाग्लेका बुबाले नवलपुरमै किराना पसल चलाएर परिवार पाल्दै आएका छन्।
आमा पनि सोही गाँउकै सामुदायिक विद्यालयमा प्रावि तहलाइ अध्यापन गराउँदऐ आएकि छिन्। उनी कक्षा छ देखि ८ सम्म प्रथम हुँदै आएका थिए। उनले मावि तहको शिक्षा अमर सिंह मावि पोखरामा पढे। उनले २०७२ सालको एसएलसीमा ए प्लस ल्याएका थिए। वाग्ले भन्छन्, ‘एसएलसीमा राम्रो नम्बर आउनु नै मेरो सबै भन्दा ठुलो खुशि हो।’
विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागि हुँदै आएका वाग्लेलाई हाजिरी जवाफ सबै भन्दा बढि मनपर्छ। २०६४ सालमा आमा सँगै पोखरा अमरसिंह विद्यालयमा भर्ना हुन गएका उनलाई पोखरा सहर नयाँ लाग्थ्यो। स्कुल पनि नयाँ र न्यास्रो लाग्थ्यो। आमाले लिन आउँछु भनेर छोडेकी थिइन्। तर भनेको समयमा नआइदिदा रुने गरेको बताउँछन्।
आँखा नदेख्दा पनि तिन वर्षको उमेर देखि नै गाउँकै बोडिङ्ग स्कुलमा भर्ना भएको पललाई अझ आफ्नो मानसपटलमा सुरक्षित राखिरहेका वाग्ले भन्छन्, ‘मैले देख्न नसके पनि गुरुहरुले मायाँ गर्नु हुन्थ्यो। बोडिङ्ग स्कुलमा पढ्दा मेरो लागि छुट्टै ब्ल्याक बोर्डको व्यवस्था गरिएको थियो। जसबाट मैले जानि नजानि सोहि ब्ल्याक बोर्डमा कोर्ने गर्थे,’ उनी थप्छन्, ‘मलाई बोर्डिङ्ग स्कुलले धेरै कुराहरु सिकायो।’
सात वर्षको उमेरमा पोखरामा ब्रेललिपि पढ्नका लागि भर्ना भएका वाग्ले सो विद्यालयका स्मृतिहरुलाई अझ आफ्नो मनमा सजाएको पाइन्छ। उनि भन्छन्, ‘अमरसिंहका संस्मरणहरु केही मिठा पनि छन्। केही तिताहरु पनि छन्।’ उनीले अझै बिर्सिएका छैनन् आफू आँखा नदेख्दा विद्यालयका सररुले विद्यालयको अतिरिक्त कार्यक्रमहरुमा आँखा देख्नेहरुलाई मात्र सहभागि गराउँदा विरोध गर्न खोज्दा सरले जितेर आउन सक्छस् त? भनेर भन्दा अनि जितेर आएनस् भने झापड खान्छस् भनेका दिनहरु उनको स्मिृतिमा बेला बेलामा गुन्जिरहन्छ।
बिएल नेपालीसँग कुरा गर्दै भने नातावाद, क्रिपावादले जहाँ पनि छुँदो रहेछ दृष्टिविहीन भएकै कारण सुरुमा अमरसिंह विद्यालयका कार्यक्रमहरुमा भाग लिन नदिने बताउने वाग्लेलाई विद्यालय उमेरमा राइटरको समस्या थिएन। तर क्याम्पस पढ्दा राइटरको समस्या छ। उनले त्यो सबैलाई हुने गरेका बताए। सबै दृष्टिविहीनहरुलाई हुने गरेको बताए। समग्रमा हामी सैकै दृष्टिविहीनहरुका समस्या उस्तै छन्।
उनी हातले छामेर सबै काम गर्ने गर्दछन्। कक्षा १२ को वार्षिक परीक्षालाइ सम्झिदै भने, ‘त्यो दिन मेरो अंग्रेजी विषयको परीक्षा थियो। बल्ल–बल्ल एकजना राइटर खोजे परीक्षा दिनका लागि ११ कक्षामा पढ्ने राइटर थिए। मैले स्वीकृती लिएर नै राइटर खोजेको थिए। तर परीक्षा दिन लाग्दा १० कक्षा पढ्ने राइटर किन नखोजेको भनेर मेरो उत्तर पुस्तिका खोसियो।’
परीक्षा दिँदा दिदै उत्तर पुस्तिका खोसिए पनि ११, १२ कक्षामा भने उनले ३.६५ जिपिए ल्याएका थिए। उनी भन्छन्, ‘कुनै दिन यस्तो पनि थियो, स्नातक पढ्ने पैसा नहुँदा दृष्टिविहीन सम्बन्धि काम गर्ने संघ संस्थाहरुलाई गुहारेको र कतैबाट साथ नपाएको।’ उनले अझै बिर्सिएका छैनन् भन्छन्, ‘ती दिन जति बिर्सौ भने पनि सकिदैन। बाटोमा हिड्दा मानिसहरुले हाम्रो सेतो छडि किचेर हिड्छन्। बाटो क्रस गर्दा हाम्रो हात समातिदिनुको साटो हाम्रो सेतो छडिको टुप्पो समातेर बाटो क्रस गराउने गर्छन्। फुटपातमा हिड्दै गयो। कहिले पोलमा ठोक्किन्छौं। त कहिले खाल्डोमा जाक्किन्छौं। मानिसहरु जानेर पनि अन्जान बन्छन् कि नजानेरै? यो अलमलको विषय हो’ उनले प्रवृति बुझ्न अझ केही समय लाग्ने बताए।
उनी पढेर नेपाल राष्ट्र बैंकमा जागरि खान चाहन्छन् र सोही अनुसार तयारी गरिरहेका छन्। एक सफल भएरै छोड्ने दृढ संकल्प पनि गरेका छन्। हामी छुट्टिनै लग्दा उनले समग्रमा सबै अपाङ्गता भएकाहरुका समस्या उस्तै भएको र त्यसमा पनि दृष्टिविहीनहरुको क्षेत्रमा अझ धेरै समस्या रहेको अभिव्यक्ति दिएका थिए।