फलामलाई सुन भन्दै ठगी गर्ने २ जना पक्राउ

नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले बौद्धबाट पक्राउ गरेको छ।

नक्कली सुन देखाएर ठगी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी रमेशबहादुर सिङले बताए।

उनीहरुले लामो समयदेखी बौद्ध क्षेत्रमा ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेलो धातुलाई सुन भन्दै ठगी गरेको प्रहरी अनुन्धानबाट खुलेको छ। पक्राउ परेकालाई प्रहरी थुनामा राखि आवश्यक अनुन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: : 2019-11-06 11:55:25

प्रतिकृया दिनुहोस्