लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक दम्पत्ती पक्राउ

बिएल

वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेको प्रहरीले जनाएको छ ।

उनिहरु लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी गरेर फरार भएका थिए ।

उनीहरुले ठगी गरेको भन्दै रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुले पीडितलाई लावस र भारतको डिल्लीसम्म पुर्याई अलपत्र पारी फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-03 16:06:17

प्रतिकृया दिनुहोस्