सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृतकको संख्या १० पुग्यो (भिडियोसहित)

बिएल

दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेकाे सडकबाट सुनकोशी नदिमा खस्दा दुर्घटना भएको थियो। बसमा ४० जना सवार रहेका थिए ।

यो पनि

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ६ जनाको मृत्यु (भिडियोसहित)

अहिले पनि घटनास्थलमा उद्दार कार्य जारी रहेको छ भने दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

 

प्रकाशित मिति: : 2019-11-03 15:45:51

प्रतिकृया दिनुहोस्