दिल्लीको प्रदूषण, ४० चुरोट पिए बराबर

Agency


भारतीय राजधानी दिल्ली र आसपासको क्षेत्रमा वायु प्रदूषण बढेपछि राज्य सरकारको आलोचना पनि बढेको छ। दिल्लीसँगै नोएडा र गाजियाबादमा प्रदूषणको सूचकांक ५ दिनमा ४ देखि ५ सयसम्म पुगेको छ। वायु प्रदूषणका कारण स्थानीयलाई स्वाँस लिन गाह्रो परिरहेको छ।

दिल्लीको वायु प्रदूषण अहिले यति खराब अवस्थामा पुगेको छ, खुला अवस्थामा स्वाँस लिनु भनेको ४० वटा चुरोट पिए सरह मानिन्छ। यसको जानकारी दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का निर्देशक डा. रणदीप गुलेरियाले दिए।

उनले भने, ‘दिल्लीको हावा अहिले यहाँ बस्न उपयुक्त छैन।’

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

एम्समा बाहिरबाट पढ्न आएका विद्यार्थी दिल्लीको प्रदूर्षित हावाका कारण विरामी परेको उनको भनाई छ। केही दिनअघि एउटा संस्थाले दिल्लीमा गरेको अध्ययन अनुसार लोदी गार्डेनमा ४५ मिनेट योगा तथा व्यायाम गर्नु भनेको तीनदेखि चारवटा चुरोट पिए सरह हुनेछ।

डा. गुलेरियाले दिल्लीको प्रदूर्षित हावा रोक्न एन ९५ मास्क प्रभावकारी नभएको पनि बताएका छन्। उनले एन ९५ मा नाक नजिकैको ठाउँ उठेको हुनाले त्यहीबाट धुँवा–धुँलो प्रवेश गर्ने बताए। प्रदूषणका कारण मुटुमा समस्या देखिने बताइएको छ। उनले केटाकेटीमा छिट्टै प्रभाव पर्ने कारण आफ्नो छोरा–छोरीलाई सुरक्षित राख्न पनि अपील गरेका छन्।

 

प्रकाशित मिति: : 2019-11-03 14:34:50

प्रतिकृया दिनुहोस्