महराले भने 'हैन', रोशनीले भनिन् 'घटना भएकै छैन' : अब के हुन्छ ?

कात्तिक ६ गते के हुन्छ ?- नेपालको कानून दैव जानुन् ! एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

नेपालकै इतिहासमै सबैभन्दा ठूलो यौनकाण्ड बनाइएको महरा रोशनी प्रकरण नाजुक मोडमा आइपुगेको छ । आइतबार सरकारी वकिल समक्ष आरोपी कृष्णबहादुर महराले इन्कारी वयान दिएका छन् । उनल रेशनीलाई फोन गरेको तर उनको निवासमा प्रवेश नगरेको बयान दिएका छन् ।वयानमा 

उनले आफू त्यो दिन रोशनी शाहीसँग फोनमा कुरा भए बमोजिम उनको घर भएको क्षेत्रमा गएको तर त्यहाँ गएर फोन गर्दा उनले नउठाएको बयान दिए । उनले वयानमा अगाडि भनेका छन्-  ‘उनले फोन नउठाएपछि म २५ मिनेट जति सोही क्षेत्रमा अल्मलिएर निवास फर्केको हुँ।’

उनले वयानका क्रममा आफूलाई फसाउन षड्यन्त्र भएको पनि दाबी गरेका छन् ।

सरकारी वकिलसमक्ष वयान दिएपछि महरालाई न्यायाधीशसमक्ष पुर्याइएको थियो । त्यही पुगेर पीडित भनिएकी रोशनी शाहीले घटना नै नभएको भनेर न्यायाधीशसमक्ष लिखित निवेदन दिइन् । उनले असोज १२ गते महरा आफ्नो कोठामा नआएको उल्लेख गर्दै कुनै दुर्व्यवहार नभएको पनि लिखित निवेदनमा उल्लेख गरेकी छिन् । 

उनले डिप्रेसनमा भएकाले त्यो दिन बेहोसीमा प्रहरी र अरूलाई फोन गरेर जे बोले भनिएको छ, त्यो सबै मानसिक तनावका कारण भनेको पनि उनले लिखित निवेदनमा उल्लेख गरेकी छिन् ।

न्यायाधीश बाबुराम सुवेदीले उनको निवेदन स्वीकार गरेका छन् । 

अब के हुन्छ ? 

कात्तिक ६ गते सरकारी वकिलमार्फत् मुद्दा दर्ता हुन्छ । त्यसपछि हुने प्रारम्भिक सुनुवाईका क्रममा न्यायाधीशबाट निम्न चारमध्ये एक निर्णय हुन सक्छ-    
सम्भावना १:  मुद्दा नै खारेज 
सम्भावना २ : सामान्य तारिखमा रिहा
सम्भावना ३ : धरौटीमा रिहा
समभावना ४ : पुर्पक्षका लागि काागार पठाउने आदेश

थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद मागेकाले अदालतले अन्तिमपटक भन्दै पाँच दिनको म्याद दिएको छ । थपिएको समयमा महराको डीएनए टेस्ट गरिने बताइएको छ ।

कात्तिक ६ गते यसपटक थपिएको म्याद पनि सकिन्छ , त्यसपछि के हुन्छ ? अहिले संसारभरका नेपालीको ध्यान त्यतैतिर तानिएको छ । 

त्यो दिन प्रहरीले मुद्दा दायर गर्नैपर्ने हुन्छ । मुद्दामाथि प्रारम्भिक सुनुवाइ हुन्छ । सुनुवाइपछि या त महरालाई पुर्पक्षका लागि कारागार पठाएर मुद्दा अगाडि बढाउनुपर्ने हुन्छ  या त सामान्य तारिखमा छोडेर मुद्दा अगाडि बढाउनुपर्ने हुन्छ या त धरौटीमा छोड्नुपर्ने हुन्छ । 

यो मुद्दा अहिले जुन चरणमा आइपुगेको छ, यसले न पीडित पाएको  छ न साक्षी । यस्तो अवस्थामा पीडक बनाइएका महराको हात माथि परेको छ ।

दबाब उनलाई जेल पठाउने किसिमको भए पनि पीडित भनिएकी रोशनीले कुनै पीडा नै नदिएको भनेर निवेदन नै दिएको अवस्थामा पीडित, साक्षी र प्रमाणबिना मुद्दा नै खारेज हुनुपर्ने स्थितिको छ । 

 

 

 

प्रकाशित मिति: : 2019-10-22 06:19:16

प्रतिकृया दिनुहोस्