नेपालमा हरेक दिन १६ जनाद्वारा आत्महत्या : महिलाभन्दा पुरूष बढी

नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातौ... भयावह हुदैछ नेपालमा आत्महत्या । तस्बिर : एजेन्सी

नेपालमा हरेक दिन सालाखाला १६ जनाले आत्महत्या गर्ने तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांक नेपाल प्रहरीको हो । 

केही वर्षयता नेपालमा आत्महत्याको संख्या दिनानुदिन बढिरहेको छ ।  नपाली प्रहरीका अनुसार सन् २०१७/०१८ मा पाँचहजार चारसय नेपालीले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा युवा तथा किशोरकिशोरीको सङ्ख्या बढी छ। त्यसमा पनि पुरूषको संख्या बढी भएको प्रहरीको तथ्यांकमा देखिन्छ । 

विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई आत्महत्या बढी गर्ने देशको सूचीमा सातौ स्थानमा सूचिकृत गरेको छ । अझ महिला आत्महत्याको संख्यालाई हेर्ने हो भने त नेपाल तेस्रो स्थानमा रहेको छ ।  

डब्ल्यूएचओका अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । 

विश्वभरि १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो ।

आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सके धेरैको ज्यान जोगाउन सकिने निचोड अनुसन्धानबाट देखिएको छ । 

प्रकाशित मिति: : 2019-09-12 11:06:06

प्रतिकृया दिनुहोस्