सर्वोच्चकाे निर्णयकाे दुई दिनपछि ओलम्पिकले गर्‍याे निर्वाचन स्थगनकाे घाेषणा

बिएल

सर्वाेच्च अदालतकाे निर्णयपछि नेपाल ओलम्पिक कमिटीले शुक्रबार तय गरेकाे निर्वाचन स्थगित गरेकाे छ।

सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

सर्वाेच्चले भदाै‌ २२ मा छलफलका लागि दुबै पक्षलाई बाेलाएकाे छ। ओलम्पिक कमिटीले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन स्थगित गरेकाे बताएकाे छ। कमिटीले पठाएकाे पत्रमा भनिएकाे छ– अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको छ।

अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति: : 2019-09-05 19:25:33

प्रतिकृया दिनुहोस्