चट्याङ परेर दुई सय पचास भेडा मरे

तस्बिरः बिएल

जुम्लाको तिलागाउँपालिका -६ को भुतबाडा पाटनमा चट्याङ परेपछि दुई सय पचास भेडा मरेका छन्। बिहिबार भएको अबिरल वर्षासँगै चट्याङ परेपछि भेडा मरेका हुन्।

चट्याङले ठूलो संख्यामा भेडा मरेपछि भेडापालक किसानलाई ठूलो नोक्सान भएको छ। भेडा जुम्ली किसानको आम्दानीको मुख्य स्रोत हो।

च्याट्याङले नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र  देव बहादुर रावतका दुई सय ५० भेडा मरेको उनीहरूले बताए।

चट्याङका कारण महाबिर रावतलाई थोरै चोट लागेको छ।

‘जिविका चलाउने भेडा थिए। अब त आपतै भयो,’  निरास हुँदै नुनिलाल रातले भने,‘रोजिरोटि खोसियो। कहिले हिउँ आइकन, केहिने चिड्को (चट्याङ) पडिकन हाम्मो त सत्यानासै बनाउन्या भयो।’

प्रकाशित मिति: : 2019-08-30 18:43:05

प्रतिकृया दिनुहोस्