प्रष्ट नीति नबनाउँदा कर्मचारी समायोजनमा समस्या भएको कर्मचारी संगठनको आरोप (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल निजामती कर्मचारी संगठनले कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको आरोप लगाएको छ।
नेपाल निजामती कर्मचारी संगठनको छैठौं बैंठकको निर्णय सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा संगठनले समायोजनमा गएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराउँदा समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो। संगठनले ट्रेड युनियनहरुको सुझावलाई समावेश गरी कर्मचारीमैत्री ऐन जारी गराउनु पर्ने माग गरेको छ। त्यसैगरी तिन तहकै कर्मचारीहरुलाई श्रेणीगत वा तहगत एकै प्रणालीमा व्यवस्थापन हुने गरी ऐन निर्माण गर्न पनि माग गरेको छ।
पत्रकार स्म्मेलनमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले नागरिकको सेवाप्रति उत्तरदायी बन्दै चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै निजमती कर्मचारीसँग आग्रह गरेको बताए। निजमाती कर्मचारीले सरकारलाई असहयोग नभई सहयोग गरेको भन्दै सरकारको निर्देशन अनुसार प्रशासनिक काम गरेको उनले दावी गरे।
संगठनले राजनीतिक दलहरुले कर्मचारीको कारण जनताको काम गर्न नसकेको भन्ने आफूहरुमाथिको आरोप पनि निराधार भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2019-08-26 16:06:37

प्रतिकृया दिनुहोस्