सुधीर शर्मा कान्तिपुर दैनिकमा पुनः फर्किएका छन्। नारायण वाग्लेले दिएको राजीनामा कान्तिपुर पब्लिकेशनले सोमबार स्वीकृत गरेसँगै सुधीर शर्मालाई पुनः कान्तिपुरको प्रधान सम्पादकमा जिम्मेवारी दिएको हो।
यसअघि गत वर्ष सुधीर शर्मालाई नै विस्थापित गरेर नारायण वाग्ले कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारीमा आएका थिए।
१४ वर्षअघि वाग्लेलाई नै विस्थापित गरेर शर्माले प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए।
The board of directors at Kantipur has accepted the resignation of @kantipurdaily editor-in-chief @narayanwagle.
— kailash sirohiya (@KailashSirohiya) August 26, 2019
We’re thrilled to announce that @sudheerktm has returned to become the new editor-in-chief. We at KMG welcome Sudheer and thank Narayan for a successful year!
गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका रजनीश ऋखि आएपछि कान्तिपुरबाट शर्मा र काठमान्डु पोस्टबाट अखिलेश उपाध्यायले प्रधान सम्पादकबाट राजीनामा दिएका थिए।
‘कर्पोरेट’ र ‘बिजनेश’ नेतृत्वमा भारतीय नागरिक ऋखि आएपछि शर्मा र उपाध्यायले कान्तिपुर मिडिया ग्रुपले राष्ट्रिय हितमा सम्झौता गरेको भन्दै राजीनामा दिएका थिए। ऋखि पनि कान्तिपुरबाट बाहिरिएका छन्।
उपाध्यायले काठमान्डु पोस्ट छाडेपछि उनको ठाउँमा प्रधान सम्पादक बनेर अनुप काफ्ले आएका थिए।
जसले मलाई एक वर्षअघि जिम्मेवारी हस्तान्तरण गरेका थिए त्यो आज उनै प्रिय मित्र सुधिर शर्मालाई सुम्पन पाउँदा म विशेष प्रशन्न छु’, वाग्लेले जाँदा जाँदै भनेका छन्,‘उनको व्यवसायिक निपुणता र समर्पणले पत्रिकालाई बदलिदो चुनौतीबीच थप सुदृढ गर्नेमा म ढुक्क छु।’
प्रिय कान्तिपुरबाट विदा; pic.twitter.com/p3fLlG7Vfr
— narayan wagle (@narayanwagle) August 26, 2019