बलात्कारको बढ्दो ग्राफः आफन्तबाटै सुरक्षित छैनन् पीडितहरू, साउनयता मात्रै २२२३ बलात्कारका घटना

तस्बिरः एजेन्सी

गएको साउन १० गते कन्चनपुरकी ११ वर्षिया बालिकानिर्मलापन्तको बलात्कार पछि हत्याभएको १ वर्ष पुग्यो।

निर्मलाबलात्कार पछि हत्याको विरोधमा देशभर आगो बल्यो। त्यो आगो अझैसम्मनिभेको छैन। बलात्कारी र हत्याराको अझै पत्ता लागेको छैन।

प्रहरी तथ्याङ्कअनुसार गएको वर्षको तुलनामा यो वर्ष नेपालमा बलात्कारका घटना  झनै बढेको छ।

यो संख्या अघिल्लावर्षहरूभन्दा धेरै हो।

प्रहरी तथ्याङ्क अनुसार २०७०–७१ मा ९ सय ५ जनामहिलातथाबालिकाबलात्कारको सिकार भए।

त्यसैगरी २०७१–७२ मा ९ सय ८१ जनामहिलातथाबालिका बलात्कारमा परे।

हिरोइन बन्ने शौख पालेकी दीपा यसरी बनिन् डाक्टर (भिडियोसहित)

लागूऔषध प्रयोग र कारोबारको भयावह स्थिति,अघिल्लो वर्षभन्दा ११ प्रतिशतले बढ्यो

२०७२–७३ मा १ हजार ९३ जनामहिलातथाबालिका बलात्कारमा परे। त्यसैगरी २०७३–७४ मा १ हजार १ सय ३७जनाबलात्कारको शिकार भए।

भने २०७४–७५ मा १ हजार ४ सय ८० जनाबलात्कृत भए।त्यस्तैगरी आर्थिक वर्ष २०७५–७६ मा २ हजार २ सय २३ जनाबलात्कृत भए।

प्रहरीको तथ्याङ्कलाई आधार मान्दा हरेक वर्ष बलात्कारका घटना बढेका बढ्यै छन्।

बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीदेखि सरोकारवाला लागिपरेका छन्। तर पनित्यो सङ्ख्या घटेको छैन।

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

लाहुरे श्रीमतिको पीडा– जवानीमा लोग्नेसँग छुट्टिएर बस्नु पर्‍यो, अहिले छोराहरूसँग (भिडियोसहित)

नेपालमाहुने बलात्कारका घटनाले भयावहअवस्था पैदा भएको नेपालप्रहरीकाप्रवक्ता डीआईजीविश्वराजपोखरेलले बताए।

एकआद्बाहेकप्रायजसो बलात्कार घटनाका दोषि कानुनीदायरामाआएको प्रवक्तापोखरेलले दाबी गरे।

'बलात्कार एक जघन्य अपराधहो, यसलाई प्रहरीले गम्भीरताका साथ हेरेको छ, यसलाई समाजका हरेक तह र तप्काले उत्तिकै हेर्नु पर्छ', उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने।

आफन्तैबाट असुरक्षित

महिला,बालीकातथायुवतीहरु चिनजानेका र आफन्तैबाट सुरक्षित नरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरी तथ्याकअनुसार सबैभन्दा बढी बलात्कृतमा पर्ने १८ वर्ष मुनिकाबाली–युवतीहरु छन्।

प्रहरीकाअनुसार ६८ प्रतिशत १८ वर्ष मुनिकाबालिकाहरु बलात्कृत हुने गरेका छन्।

त्यस्तै ७९ प्रतिशतबलात्कारका घटना छरछिमेकबाटै हुने गरेको प्रहरी तथ्याङ्कमा छ।

बलात्कृतमा पर्नेको बानी ब्यहोरादेखि उसको सबै कुरा थाहाहुने भएकाले छिमेक तथा आफन्तबाटै बलात्कारका घटना बढेको प्रहरीको भनाई छ।

त्यस्तैगरी २९ प्रतिशतबलात्कारका घटना आफन्तबाटै भएको प्रहरी अनुसन्धानले देखाएको छ।

कञ्चनपुरकी अर्की बलात्कृत निर्मला अपहरणमाः स्लिप-किक हान्दै बचाइन् ज्यान (भिडियो)

निर्मला पन्त हत्याकाण्डका जिउँदो शहिदको बिचल्लीः ‘न कोही फोन उठाउँछन्, न त घर नै जान सक्छौ’ (भिडियोसहित)

बाबुबाट छोरी, दाजुबाट बहिनी, ससुराबाट बुहारी अनि जेठाजुबाट बुहारी बलात्कारका घटना पनि बढ्न थालेको प्रहरी तथ्याकंले देखाएको छ।

२९ प्रतिशतबलात्कारका घटना नजिकका आफन्तबाट भएको नेपालप्रहरीको तथ्याङ्कले देखाउँछ।

समाजमा चेतनाको स्तर बृद्धि र आत्मविश्वास बढेको कारण बलात्कारका घटना बाहिर आउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

'समाजमाहुने बलात्कारका घटना पहिलाबाहिर आउथेनन्, पीडितहरू खुल्न डराउँथे अनि आफन्तबाट भएका घटना बाहिर लानु हुँदैन भन्ने थियो', पोखरेलले भने, 'तर अहिले त्यस्तो छैन। पीडितहरुमा आत्मविश्वास बढेको छ, त्यसैको प्रभावभन्नुपर्छ यस्ता घटना बाहिर आउँछन्।'

नजिकका चिनेजानेका र आफन्तबाटै बलात्कारका घटना बढी हुने गरेका छन्।आफन्तको आनीबानी सबै थाँहाहुने र उनीहरुको नियमीत सेड्यूल थाहाहुने भएकाले आफन्तबाट रिक्स बढेको प्रवक्तापोखरेलले बताए।

प्रकाशित मिति: : 2019-08-12 17:08:15

प्रतिकृया दिनुहोस्