जनकपुरमा गोली चल्यो, एकको मृत्यु

तस्बिरः बिएल

जनकपूरमा बुधबार बिहान गोली चल्दा एकको मृत्यु भएको छ। दुई युवाबीच भएको विवादले उग्ररूप लिएपछि गोली चलेको हो। जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै चलेको गोलीबाट जनकपुर-१ का ४० वर्षीय मनोज कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा पंकज चौधरीले गोली चलाएका हुन्।

बिहान करिब साढे ९ बजे भएको घटनामा गोली लागेको युवक मनोजलाई तत्काल जनकपूर अञ्चल अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउने वित्तिकै उनलाई मृत घोषणा गरेको थियो।

यता गोली चलाउने व्यक्तिलाई बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले दुई वटा पेस्तोल र २२ राउन्ड गोली बरामद गरेको जनाएको छ।

धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीका अनुसार गोली चलाउने व्यक्ति बन्दुकसहित पक्राउ परेको बताएका छन्। घटनाबारे अनुसन्धान भई रहेको कार्कीले जानकारी दिए।

पक्राउ परेका चौधरी ठेकेदार रहेको प्रहरीले जनाएको छ।  साहले सञ्‍चालन गरेको पेट्रोल पम्पबाट ठेकेदार चौधरी पेट्रोलको कारोबार गर्ने गरेको स्रोतले जानकारी दियो।

लामो समयदेखि पेट्रोलको रकम चौधरीले दिएका थिएनन्। पटकपटक माग्दा उनले अनेक बहाना बनाएर आजभोलि गर्दै आएका थियो। साहले फोन गरी चौधरीसँग रकम माग्दा विवाद भएको थियो।

प्रकाशित मिति: : 2019-10-23 13:28:00

प्रतिकृया दिनुहोस्