नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिन्छन्: मोहन वैद्य

फाइल तस्बिर

नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचन आफ्नो पार्टीले बहिस्कार गर्ने बताएका छन् ।

नेकपा क्रान्तिकारी माओवादी प्युठानले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले उपनिर्वाचन बहिस्कार गर्ने बताएका हुन् । ‘अहिलेको सरकार बदनाम अवस्थामा छ’ उनले भने,‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’

आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ । वैद्यले नेपालको नक्सा समेत भारतीय सरकारले बनाइदिएको भन्दै संविधानमा पनि नेपालको नक्सा नराखेको आरोप लगाए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले विप्लव समूहको आन्दोलन गर्ने तरिका सही नभएको बताए । ‘विप्लव जीले गर्ने काम गर्नुभएको छैन’– उनले भने,‘रहस्यमय कार्यदिशा बनाएर युद्धमा गएर केही काम छैन ।’ विप्लवले एकीकृत जनक्रान्ति शब्द राम्रो राखेपनि शब्द अनुसारको संघर्ष नभएको उनले टिप्पणी गरे ।

यद्यपि सरकारले विप्लव समूहलाई प्रतिवन्द लगाउनु गलत भएको उल्लेख गर्दै उनले भने–‘हामी सबै जनयुद्ध गरेको आएको हो, पछिल्लो समय सरकारको धरपकड अत्यन्तै बढ्दै गएको छ त्यसो गर्नु राम्रो होइन ।’

प्रकाशित मिति: : 2019-10-23 11:51:36

प्रतिकृया दिनुहोस्