गणतन्त्र, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धि खतरामा छ– चित्रबहादुर केसी (भिडियोसहित)

बिएल

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी पनि गरे। अहिले देखिएको निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने त्रास सिर्जना भएको उनले बताए।

उनले मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको गुनासो गरे। अराजकता, वर्षौदेखि भएका जनप्रतिनिधिले गरेको जघन्य अपराध अहिले देखिन थालेको भन्दै उहाले चिन्ता व्यक्त गरे। केसिले गम्भीर अपराधका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याएर राम्रो काम गरेको बताए।

जनप्रतिनिधिहरुले जनतालाई सेवासुविधा दिने कुरामाभन्दापनि आफ्नो सेवासुविधा बढाउनेतर्फमात्रै सोचेको पनि उनले आरोप लगाए।

प्रकाशित मिति: : 2019-10-22 18:31:58

प्रतिकृया दिनुहोस्