सभामुख र उपसभामुख पदमध्ये एक नपाए मान्य हुँदैन: नेता लेखक

फाइल तस्बिर

प्रमुख प्रतिदल नेपाली काँग्रेसले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी गरेको छ । काँग्रेस नेता नेता रमेश लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने बताए। उनले सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि हुने समेत बताए ।

नेता लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे । उनले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाई नगर्न सरकारलाई सचेत पनि गराए ।

प्रकाशित मिति: : 2019-10-22 16:40:57

प्रतिकृया दिनुहोस्