बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच भेटवार्ता

फाइल तस्बिर

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटघाट भएको हो।

भेटमा द्वन्द्वकालीन मुद्दाहरू चाँडै टुंग्याउनेबारे छलफल भएको नेकपा नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। ‘बैठकमा त्यस्तो ठोस निर्णय केही भएन। सत्ता र प्रतिपक्षबीचको कुराकानी हो,’ नेम्वाङले भने, ‘ द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भयो।’

 

प्रकाशित मिति: : 2019-10-21 13:36:27

प्रतिकृया दिनुहोस्