उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गते

फाइल तस्बिर

मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने भएको छ ।

निर्वाचन आयोगले कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुने जनाएको छ ।प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ता गर्न सकिने छ ।

दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते गर्ने आयोगको निर्णय छ ।

प्रकाशित मिति: : 2019-10-18 16:09:57

प्रतिकृया दिनुहोस्