चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हरेक हिसाबले सफल: सरकार प्रवक्ता (भिडियोसहित)

Photo Credit : RSS

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हरेक हिसाबले सफल भएको बताएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘चिनियाँ राष्ट्रपति भ्रमण हरेक हिसाबले सम्पन्न भयो। यो भन्नका लागि भनिएको होइन।’

राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको उनले बताए।भ्रमणबाट कनेक्टिभिटीका लागि रेल वे, विद्युत, सञ्चारलगायत क्षेत्रमा फाइदा हुने उनले बताए।
सरकार शक्ति राष्ट्रका राष्ट्र प्रमुखलाई नेपाल भ्रमणमा ल्याउन इच्छुक र प्रयासरत रहेको बताए पनि उहाले भ्रमणको समयबारे भने खुलाउन नसकिने बताए। सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाको भनाइ थियो।

प्रवक्ता बाँस्कोटाले सरकारी जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिए। यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कार्यकारी अधिकृत नियुक्तिका लागि उपयुक्त उमेदवार सिफारिस गर्न गठित सिफारिस समितिको म्याद पनि थप गरिएको उनले बताए। कार्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल बंगलादेश वणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नबराज ढकालको नेतृत्वमा १४ सदस्यीय वार्ता टोली गठन गरिएको उनले बताए।

बैठकले नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामरा संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई सीमति दिएको छ।

प्रकाशित मिति: : 2019-10-17 17:34:49

प्रतिकृया दिनुहोस्