विप्लवका दाजुसहित २१  नेता कार्यकर्ता दाङबाट पक्राउ (नामावलीसहित)

सांकेतिक तस्बिरः

प्रहरीले विप्लव नेतृत्वको नेकपाका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका - ४ को मुग्रेटाखोलास्थित  जंगलमा बैठक चलिरहेको स्थानबाट २१ जना नेता कार्यकर्ता पक्राउ गरेको हो।


बैठक भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाजु चन्द्रबहादुर चन्द सहित २१ जनालाई पक्राउ गरेको हो । चन्द्रबहादुर समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चाजर्ँ एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए ।


उनि बाहेक राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन जंगली), बुद्धिजीवि सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ परेका छन् ।

त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्वजनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, रोल्पा सदस्य पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पक्राउ परेका छन् ।

 

प्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीका अनुसार बैठक भइरहेको स्थानबाटै उनीहरूलाई पक्राउ गरेको हो।

उनले पक्राउ परेकाबारे जानकारी संकलन गरिरहेको भन्दै अनुसन्धान जारी रहेको बताए। उनले पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला पारेको जानकारी दिए। उनीहरुको साथबाट कति हतियार र विष्फोटक पदार्थ बरामद भयो भन्नेबारे भने प्रहरीले बताएको छैन। 

यसअघि प्रहरीले नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई पक्राउ गरेको थियो। तर,  चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थीसँगै प्रकाश पनि छुटेका थिए।

 

प्रकाशित मिति: : 2019-10-17 09:35:55

प्रतिकृया दिनुहोस्