चिनियाँ राष्ट्रपति सीको भ्रमणले त्रिदेशीय साझेदारीको आधार बन्दैछ : प्रचण्ड (भिडियोसहित)

बिएल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएका छन्।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले भ्रमणले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताए।

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे। चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित नभइ भू–जडित देशमा परिणत गर्न सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे। प्रचण्डले छिमेकी देशको विकासबाट लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गरे।

उनले मुलुकको संवैधानिक, कानूनी र राजनीतिक वातावरणलाई राष्ट्रिय एकताका साथ राष्ट्रिय स्वाधीनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताले चाहेको छिटोभन्दा छिटो विकास र समृद्धि हेर्ने आकाङ्क्षा पुरागर्न नयाँ सङ्कल्प गर्नु जरुरी रहेको बताए। उनले सात दशक लामो नेपाली जनताको सङ्घर्षको उपलब्धिको रुपमा आएको यो परिवर्तनलाई कसैले चुनौती दिन नसक्ने जिकिर गरे।

 

प्रकाशित मिति: : 2019-10-16 13:41:39

प्रतिकृया दिनुहोस्