विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

तस्बिरः बिएल

मिलन पाण्डे विवेकशील नेपाली दलको अध्यक्षमा निर्वाचित भएका छन्। पाण्डेले अध्यक्षका अर्का प्रत्यासी शिव थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

जनकपुरमा मंगलबारदेखि सुरू विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन्।

निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो। विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो। सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन्। प्रदेश निर्वाचन पछि हुने उनले बताए। जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ।

प्रकाशित मिति: : 2019-10-16 11:05:00

प्रतिकृया दिनुहोस्