नेपाली कांग्रेसका सांसद आलमले गुमाए पदिय हैसियत

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमले सांसदको पदिय हैसियत गुमाएका छन्।

सोमबार संसद सचिवालयले सुचना टाँस गर्दै सांसद पक्राउ परेको जानकारी गराएको छ। आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि समेत हुन्।२०६४ को संविधानसभा निर्वाचनका दौरान रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि प्रहरीले उनलाई आइतबार बिहान निवासबाटै पक्राउ गरेको थियो।

प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदपा ३ मा संसद कुनै पनि सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा सांसदको हैसियले कुनै पनि कार्य गर्ने वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने उल्लेख गरिएको छ।

प्रहरी हिरासतमा रहेको अवस्थामा प्रचलित कानुन बंमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्धामा अभियोगपत्र दायर भइ निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियले कुनै कार्य वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन।

त्यस्तै अब सांसद आलमको खाइपाइ पारिश्रमिक, सेवा सुविधा पनि रोकिने छ।

प्रकाशित मिति: : 2019-10-14 12:58:40

प्रतिकृया दिनुहोस्