नारायणहिटी संग्रहालयमा 'डिनर र टुर प्याकेज' गराउने तयारी

Photo Credit : Setopati

सरकारले नारायणहिटी संग्रहालयमा 'डिनर र टुर' सेवा सञ्चालन गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'भिजिट नेपाल २०२०'का लागि भन्दै नारायणहिटी दरबारमा रहेको लमजुङ हलमा डिनरसहितको रात्रिकालीन टुर प्याकेज चलाउने योजना बनाएको हो।

साँझ पाँच बजेपछि सर्वसाधारणका लागि बन्द हुने नारायणहिटीमा ६ बजेदेखि ९ बजेसम्म पर्यटकलाई मनोरञ्जनसहित घुम्ने गन्तव्यका रुपमा विकास गर्ने योजना बनाउन छलफल अघि बढाइएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

'हाम्रो संस्कृति पनि देखाउन सकिने र आम्दानी पनि गर्न सकिन्छ कि भनेर हामीले छलफल गरिरहेका छौं। तर केही विस्तृत काम भएको छैन। कागजी काम पनि थालिएको छैन। २०२०, जनवरीदेखि सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर लागिरहेका छौं,' अधिकारीले भने।

 

प्रकाशित मिति: : 2019-11-03 17:45:09

प्रतिकृया दिनुहोस्